भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासँगको भेटवार्तामा भारतसँगको व्यापारमा सहजीकरण गर्न आग्रह गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी र कार्यसमितिले मंगलबार राजदूत शर्मासँग भेटवार्ता गरेको हो ।

अध्यक्ष अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अपनाए पनि व्यावहारिक लाभ प्राप्त गर्न नसकेको जानकारी गराए । साथै उनले भारतबाट हुने आयातमा समस्या नरहे पनि निर्यातका क्रममा भन्सारमा सहजीकरण हुन नसकेको अवगत गराए ।

रेलवे यातायातमा सहजीकरण र भन्सारमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब राख्नसमेत अग्रवालले आग्रह गरे । राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण तथा निर्यात सहजीकरण आफ्नो प्राथमिकतामा रहेको र क्वारेन्टिन ल्याब स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार