प्रभु केवलकारले ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मङ्सिर २९ गतेदेखि ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने भएको छ ।

यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद शेयर विक्री गर्न लागेको हो । मंसिर ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।

माघ ४ गतेसम्म आवेदन दिन सकिने मिति कम्पनीले तय गरेको छ । प्रभु केवलकारको कार्यालय तिनकुने , काठमाडौंबाट हकप्रद शेयर खरीदका लागि आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ । हकप्रद शेयर वापतको रकम कम्पनीको नाममा प्रभु बैंक कोटेश्वरमा रहेको खाता नम्बर ११५०१५३५६२१०००१५ मा जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार