RE
Global College

विटक्वइन निकट भविष्यमा संसारको एकल सर्वमान्य मुद्राको रुपमा विकास हुने : सीईओ, ट्वीटर

इक्विटी नेपाल – काठमाडौँ :
ब्लकचेन प्रविधिमा आइरहेको तिब्र सुधार संगै विभिन्न बिधुतीय मुद्राहरुको प्रचलन क्रमश बिश्वमा बढ्दै गइरहेको छ। कयौ नामका विभिन्न नामका बिधुतीय मुद्राहरु बजारमा प्रचलनमा रहका भएता विटक्वइन सबै भन्दा प्रचलित र प्रचलित  रहेको छ। धेरै मानिसहरुले त  विटक्वइनलाई मुद्राको भविष्यका रुपमा पनि ब्याख्या गर्न थालेका छन्।
यसरी विटक्वइनलाई निकट भविष्यमा सम्पूर्ण संसारको एकल सर्वमान्य मुद्राको रुपमा विकास हुने छ भन्ने विश्वास लिनेमा प्रसिद्ध सामाजिक संजाल ट्वीटर तथा स्क्वायर सीईओ ज्याक डोर्से रहका छन्। केहि समय अघि द टाइम्सलाई दिएको एक अन्तर्वार्तामा डोर्सेको व्यतिगत विचारमा ” अव आउने एक दशक भित्रनै विटक्वइन संसारको एकल सर्वमान्य मुद्राको रुपमा उदाउने छ। “
यद्यपि उक्त अन्तर्वार्ताकै क्रममा डोर्सेले अहिलेनै विटक्वइन कारोबारका लागि प्रयोग भइरहेको ब्लकचेन प्रविधि बिश्वब्यापी प्रयोगका निम्ति तयार नरहेको जनाएका छन्। ब्लकचेन प्रविधिमा अझ थप थुप्रै सुधार गर्न बाकी रहेको कुरा उनले ब्यक्त गरेका छन्।
डोर्से ति कयौ व्यक्ति मध्येका एक हुन् जसले ब्लकचेन प्रविधिमा सुधार गर्नका लागि काम गरिरहेको लाईटेनिङ्ग ल्याब नामक कम्पनीमा लगानी गरेका छन्।
NECO

Leave Your Comment

Related News