नेपाल टेलिकमद्वारा गलत सूचनाप्रति सतर्क रहन आग्रह

काठमाडौं । नेपाल टेलिकमले हालै सामाजिक सञ्जालमा प्रवाहित भइरहेको भ्रमपूर्ण सूचनाप्रति सतर्क रहन आग्रह गरेको छ। टेलिकमले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ”५ हजार रुपैयाँसम्मको नगद तथा उपहार वितरण” गरिने भनी सामाजिक सञ्जालमा फैलिएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीका अनुसार नेपाल टेलिकमको आधिकारिक लोगो प्रयोग गरी फेसबुक ग्रुप, म्यासेन्जर लगायतका माध्यमबाट यस प्रकारका झुटा दाबीहरू गरिएको छ। टेलिकमले यस्ता भ्रामक सूचना नपत्याउन र सचेत रहन ग्राहकहरूलाई आग्रह गरेको छ।

नेपाल टेलिकमले आफ्ना सेवाहरू सम्बन्धी सूचना र अपडेटका लागि आधिकारिक स्रोत मात्र विश्वास गर्न अनुरोध गरेको छ। ग्राहकहरूले टेलिकमको आधिकारिक ब्लु टिक सहितको फेसबुक पेज, एक्स (पूर्व नाम ट्विटर), तथा आधिकारिक वेबसाइट हेर्नु पर्ने कम्पनीले स्पष्ट पारेको छ।

यस प्रकारका भ्रामक सूचनाले ग्राहकहरूलाई आर्थिक तथा मानसिक क्षति पुर्‍याउन सक्ने भएकाले कम्पनीले समयमै सचेत गराएको हो। “यसप्रति सतर्क रहनुहोस् र कुनै पनि अविश्वसनीय स्रोतबाट आएको जानकारीलाई प्रमाणित नगरी विश्वास नगर्नुहोस्,” टेलिकमको सूचनामा भनिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार