CLI

सुनको मूल्य आज पनि बढ्यो, चाँदीको पनि बढ्यो

काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँ बढेको हो।

गतसाता सुनको मूल्य लगातार घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेको थियो।

सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार १ हजार ७९० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार ७९५ रुपैयाँ तोकिएको छ ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा १८ हजार ५०० रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

Leave Your Comment

Related News