काठमाडौं । आज सुनको मूल्य स्थिर हुदाँ चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८०५ रुपैयाँ रहेको छ । सोमबार चाँदीको मूल्य आज १ हजार ७९५ रुपैयाँ तोकिएको छ ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा १८ हजार ५०० रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।