काठमाडौं । लुक्लाबाट काठमाडौं आइरहेको हेलि एभरेस्ट प्रालिको हेलिकप्टरमा चरा ठोक्किएको छ।
त्रिभुवन विमानस्थलका अनुसार चरा ठोक्किएलगत्तै पूर्वसावधानी अपनाएर हेलिकप्टरलाई भक्तपुरको साँगामा अवतरण गरिएको थियो।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले हेलि एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएको जानकारी दिए ।
हेलिकप्टरमा चरा ठोक्किए सँगै चेकजाँचको काम भइरहेको बताइएको छ।
विमानस्थलका अनुसार चेकजाँचपछि पुन उडान भर्नेछ ।
उक्त हेलिकप्टरमा ५ जना विदेशी यात्रु र पाइलट रहेको शेर्पाले बताए। उनीहरु सबै सकुशल रहेको उनको भनाइ छ।