CLI

सुनचाँदीको मूल्यमा लगातार गिरावट

काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य घटेको छ। गएको आइतबार घटेको सुनचाँदीकै मूल्य मंगलबार पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कामय भएको छ। गएको बिहीबार प्रतितोला ६ सय, शुक्रबार ४ सय र आइतबार ५ सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपैयाँ घटेको हो।

गत आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ घटेको छ। मूल्य घटेर आज चाँदी प्रतितोला एक हजार ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। गएको आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

Leave Your Comment

Related News