कोलकाताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ।
दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६।३ ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनायो।

कोलकाताका जितमा ओपनर फिल साल्टले सर्वाधिक ६८ रन बनाए। ३३ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे। सुनील नारायण १५ र रिन्कु सिंह ११ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ३३ र वेंकटेश अय्यर २६ रनमा अविजित रहे।

दिल्लीका अक्षर पटेलले २ विकेट लिँदा लिजाड विलियम्सको नाममा १ विकेट रह्यो।

सोमबार इडन गार्डेनमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको हो।

दिल्लीका कप्तान ऋषभ पन्तले २७ रन बनाए। २० बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। अभिषेक पोरेल १८, अक्षर पटेल १५, पृथ्वी शा १३, जेक फ्रेजर मक्गर्क १२ रनमा आउट हुँदा कुलदीप यादव ३४ रनमा अविजित रहे।

कोलकाताका वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए। वैभव अरोडा हर्षित राणाले २/२ विकेट लिँदा मिचेल स्टार्क र सुनील नारायणको नाममा १/१ विकेट रह्यो।

जितसँगै दोस्रो स्थानको कोलकाताले ९ खेलबाट १२ अंक जोडेको छ। पराजित दिल्ली ११ खेलबाट १० अंकसहित छैटौँ स्थानमा छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार