काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज जारी गरेको प्रादेशिक आर्थिक गतिबिधि अध्ययन प्रतिबेदन अनुसार आर्थिक वर्ष २०८०-०८१ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर ३.७८ प्रतिशत रहने अनुमान रहेको छ । राष्ट्र बैङ्कको प्रतिवेदन अनुसार मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु.७ खर्ब ४८ अर्ब पुग्नेअनुमान गरिएको छ । समीक्षा अवधिमा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषिमा ३५.३ उद्योगमा १०.८ र सेवा क्षेत्रको योगदान ५३.९ प्रतिशत रहने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयबाट प्रकाशन भएको अनुमानित विवरण अनुसार आर्थिक वर्ष २०८०-०८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको सबैभन्दा बढी ३५.३ प्रतिशत योगदान मधेश प्रदेशको रहने अनुमान छ । त्यसैगरी, उद्योग क्षेत्रको सबै भन्दा बढी योगदान गण्डकी प्रदेशको १६.८ प्रतिशत र सेवा क्षेत्रकोसबैभन्दा बढी योगदान बागमती प्रदेशको ७७.४ प्रतिशत रहेको छ ।
प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा कम बागमती प्रदेशको१२ प्रतिशत रहने अनुमान छ । त्यसैगरी, उद्योग क्षेत्रको योगदान सबैभन्दा कम कर्णाली प्रदेशको ९.५ प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा कम योगदान कोशी प्रदेशको ५०.९ प्रतिशत रहेको छ । मधेश प्रदेशमा कृषि, उद्योग र सेवा क्षेत्रको
योगदान क्रमशः ३५.३ प्रतिशत, १०.७ प्रतिशत र ५३.९ प्रतिशत रहेको छ ।