नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो साधारण सभा सम्पन्न, ध्रुब तिमल्सिनाको अध्यक्षतामा नेतृत्व चयन

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनले तेस्रो साधारण सभा सम्पन्न गरको छ । सभाले ध्रुब तिमल्सिनाको नेतृत्वमा आगामी कार्यकालको लागि नेतृत्व चयन गरेको छ । नवनियुक्त अध्यक्ष तिमल्सिनाले अवसर इक्विटी लिमिटेडबाट नेतृत्व  गरेका हुन् ।

नेपाल प्राइभेट इक्विटी एसोसिएसनको  नव निर्वाचित  नयाँ कार्यसमितिमा डा. मनिष थापा (ग्लोबल इक्विटी फण्ड) निर्देशक , निधान श्रेष्ठ (ट्रू नर्थ एसोसिएट्स) निर्देशक,  महिमा न्यौपाने (स्वेडा इक्विटी फण्ड) निर्देशक, रविन श्रेष्ठ (अल्फा प्लस भेन्चर्स लिमिटेड) निर्देशक, सुवाष थापा (एनआईएमबि एस क्यापिटल) निर्देशक, र विश्व गिरी (वान टु वाच) निर्देशक चयन गरेको छ  निर्देशकको पहिलो कार्यसमितिको वैठकले ध्रुव तिमिल्सिनालाई अध्यक्षमा चयन गरेको हो ।

नेपाल प्राइभेट इक्विटी एसोसिएसनको निवर्तमान अध्यक्ष सिद्धान्तराज पाण्डे संघको सल्लाहकारको रुपमा रहने  नवनिर्वाचित अध्यक्षले साधारण सभामा बताए ।

संघको साधारण सभामा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहेका थिए भने  अन्य पदाधिकारी पनि कार्यक्रममा सहभागी रहेका थिए ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार