घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ  । साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले  गिरावट आइ प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा भएको छ  ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा भएको  छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार