सिभिल बैंकको शेयर लिलामी बिक्रिमा खुल्ला

इक्विटी नेपाल – काठमाडौँ :
सिभिल बैंकले गत मङ्सिर २२ गतेदेखि माघ १२ गतेसम्म जारी गरेको ४० प्रतिशत हकप्रद शेयरमध्ये बिक्रि नभएको ४२ लाख ३८ हजार ९ सय ५८ दशमलव ७५ कित्ता शेयरहरु फाल्गुन २३, २०७४ देखि चैत्र १ , २०७४ सम्म लिलाम बिक्रीका लागि खुल्ला गरेको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ।

लिलामी बिक्रीका लागि राखिएको ९ लाख ९२ हजार ९ सय १९ दशमलव ५०  कित्ता साधारण शेयर तथा ३२ लाख ४४ हजार ६ सय दशमलव २५ कित्ता प्रबर्द्धक शेयरका इच्छुक खरिदकर्ताले प्रतिशेयर रु १०० वा सो भन्दा बदी मूल्य अंकित गरी बोलकबोल गरी आवेदन गर्नु पर्ने छ।

इच्छुक खरिदकर्ताले लिलामी बोलपत्र आवेदन फारम काठमाडौँमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, नयाँ बानेश्वर तथा उपत्यका बाहिर लक्ष्मी बैंक लिमिटेडका शाखाहरु वीरगंज , विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज , र धनगढीमा पाइने तथा बुझाउन सकिन्छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार