६ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय साढे ८० अर्ब, कसको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे ८० अर्ब रुपैयाँ भन्दा बढीको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख ४७ हजार रुपैयाँको व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

साउनदेखि पुससम्ममा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ७२ हजार १०९ बीमालेख बिक्री गरेका छन् ।

दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले १७ लाख ८३ हजार ५९२ बीमालेख बिक्री गरेर २२ अर्ब ४५ करोड ७७ लाख ६१ हजार रुपैयाँ संकलन गरेको छ । जीवन बीमा क्षेत्रमा कम्पनीले २७.८४ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

बीमा शुल्क संकलनको आधारमा दोस्रो र तेस्रो स्थानमा नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेका छन् । नेशनल लाइफले ९ अर्ब ६० करोड ८० लाख ८६ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेसनले ९ अर्ब ४६ करोड ५६ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा सबैभन्दा कम व्यवसाय गर्नेमा सन नेपाल लाइफ इन्स्यारेन्स रहेको छ । कम्पनीले पुस मसान्तसम्म २ अर्ब ३१ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।

जीवन बीमा कम्पनीको व्यवसायः

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार