यातायात कार्यालय जुम्लाद्वारा ६ महिनामा ६७ लाख रुवैयाँ राजस्व संकलन

जुम्ला । जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा ६७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१–८२ को साउनदेखि पुससम्ममा कार्यालयले ६७ लाख ४४ हजार राजस्व संकलन गरेको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको ६ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार, चालक अनुमतिपत्र (लाइसेन्स), सवारी साधन दर्ता किताब (ब्लुबुक) दस्तुर ३० लाख ३५ हजार र सवारी साधनकरतर्फ २६ लाख ६६ हजार राजस्व संकलन भएको छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्म १ सय १३ वटा सवारी साधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारी साधन गरी ३ हजार २ सय ३३ वटा सवारी साधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार