सवारी चालक अनुमतिपत्र लाइसेन्स प्रदेशबाट पाउने

काठमाडौं ।  सवारी चालक अनुमतिपत्र लाइसन्स दिने अधिकार प्रदेश सरकार अन्तर्गत यातायात व्यवस्था कार्यालयलाई दिइएको छ ।

सोमवार काठमाडौंमा भएको एक कार्यक्रममा वागमती प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सो बिषयमा जानकारी दिएका हुन् । उनले सातै प्रदेश सरकारको यातायात कार्यालयबाट लाइसन्स दिने काम शुरु भएकाले अब यातायात विभागले लाइसन्स नदिने बताए । उनले वागमती प्रदेशले छुट्टै सफ्टवेयर निर्माण गरी लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने तयारी गरिरहेको बताए का छन् । , ‘लाइसन्स दिने जुन यातायात विभागले गर्ने गरेको थियो अब प्रदेशले नै दिने गरीकन  त्यो अधिकार हामीले प्रत्यायोजना गरेर लिएका छौँ । र यो पनि एउटा खुशीको कुरा हो अब विभागले लाइसन्स दिँदैन तपाईँलाई, अब दिने भनेको सातैवटा प्रदेशले दिनेगरी अधिकार प्रत्यायोजन गरेको छ ।त्यसमा अब बागमती प्रदेशले पनि लाइसन्स प्रिन्ट गर्ने हिसावले अगाडि बढिरहेका छौँ । र त्यसका लागि छट्टै सफ्टवेयर विकास गरेका छौँ ।’

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार