७ महिनामा शेयर बजारबाट १० अर्ब ८३ करोड पुँजीगत लाभकार संकलन

काठमाडौं । सरकारले पछिल्लो समय शेयर बजारबाट पौने ११ अर्ब आम्दानी गरेको छ । सरकारले चालु आर्थिक वर्षको ७ महिनामा शेयर बजारबाट १० अर्ब ८३ करोड ९४ लाख आम्दानी गरेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा करिब पाँच गुणाले बढी हो ।

सरकारले गत आर्थिक वर्षको ७ महिनामा शेयर बजारबाट २ अर्ब ८६ करोड ५६ लाख आम्दानी गरेको थियो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा शेयर बजारबाट सबैभन्दा बढी पुँजीगत लाभकर साउनमा उठेको छ भने सबैभन्दा कम पुसमा उठेको छ ।

वर्षको सुरुमा शेयर बजार निरन्तर बढ्दा आम्दानी बढेको हो साउनमा ४ अर्ब २३ करोड पुँजीगत लाभकर संकलन हुदाँ पुसमा ५८ करोडमा सीमित भएको हो । भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड, कार्तिका ७५ करोड, मंसिरमा १ अर्ब ४ करोड र माघमा १ अर्ब ५ करोड पुँजीगत लाभकर संकलन गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार