काठमाडौं । कामना सेवा विकास बैंकले ३० हजार ३४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो ।
शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । शेयर खरिदका लागि बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
हाल संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा ल्याइएकोमा उक्त समयावधिभित्र आवेदन नपरेमा सर्वसाधारणका लागि जारी हुनेछ ।