RE
Global College

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट, १८ हजारले पाए

काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरिएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने अठार करोड रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य रु १०० का दरका कूल १८ लाखकित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको थियो ।

जसमध्ये १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता साधारण शेयर विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि माघ २१ गतेदेखि फागुन ५ गतेसम्म शेयर निष्काशन गरिएको थियो । उक्त अवधिभर रित पुगी ४८ हजार ३१२ आवेदन आएकोमा १८ हजार जनामा १० कित्ताका दरले आईपीओ परेको हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ ।

 

NECO

Leave Your Comment

Related News