काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी चैत ८ गते वार्षिक साधारण सभा बैठक बोलाएको छ । बिहीबार बसेको ३९औँ सञ्चालक समितिको बैठकले ९.२४ बोनस प्रस्तावसहित साधारणसभा बोलाउने निर्णय गरेको हो ।
साधारणसभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा एनएफआरएस प्रणाली बमोजिम तयार गरिएको वित्तिय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी चार अर्ब ९५ करोड ३० लाख ६५ हजार २२४ रूपैयाँको ८ प्रतिशतका दरले हुने रकम ३९ करोड६२ लाख ३५ हजार २१८ रूपैयाँ बराबरको नगद लाभांश र विद्यमान चुक्ता पूँजी चार अर्ब ९५ करोड ३० लाख ६५ हजार २२४ रूपैयाँको को १.२४ प्रतिशतका दरले हुने रकम छ करोड १८ लाख ५८ हजार ८३२ रूपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित हुनेछ ।
कम्पनीको अधिकृत पूँजी पाँच अर्ब दुई करोड कायम गर्ने विशेष प्रस्ताव बैठकले गरेको छ । बोनस शेयर वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी वृद्धि गरी पाँच अर्ब एक करोड ९९ लाख २४ हजार ५६ र चुक्ता पूँजी वृद्धि गरी पाँच अर्ब एक करोड ४९ लाख २४ हजार ५६ पुऱ्याउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गरिने बताइएको छ ।