RE
Global College

गार्डियन माइक्रो लाइफले मर्जर प्रस्तावसहित बोलायो साधारण सभा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मर्जर प्रस्तावसहित आगामी चैत ११ गतेदेखि विराटनगरमा आव २०८०/०८१ को दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रस्तावसहित साधारणसभा बोलाउने निर्णय गरेको हो ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र अन्य कुनै इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाईअख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव बैठकले गरेको छ ।

साधारणसभाले आव २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने५ । लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण गरिएको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८०/०८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोही अवधिका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव गरिएको छ ।

साधारणसभाका लागि कम्पनीले फागुन २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको छ ।

NECO

Leave Your Comment

Related News