मेगा बैंकले प्रस्ताब गरेको १०.७५% बोनसका लागी मूल्य समायोजन


इक्विटी नेपाल – काठमाडौँ :
मेगा बैंकको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ सय ५७ रुपैयाँ ११  पैसा तोकेको छ भने यसको आधारभूत मूल्य २ सय ५५ रुपैयाँ ४३ पैसा तोकेको छ। कम्पनीले १० दशमलव ७५३९ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो ।
मेगाले टुरिजमसँग मर्जपश्चात कायम चुक्ता पुँजीको ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँको १० दशमलव ७५ प्रतिशत बोनस शेयरको लागि असार १५ गते बुक क्लोज तोकेको छ । सो अनुसार असार १४ सम्म कायम शेयरधनि बोनस शेयर पाउने छन् । वैशाख ३० गते भन्दा पछि कायम शेयरधनीले बोनस शेयरमा लाग्ने कर आफैंले बेहोर्नु पर्ने हुने छ । बोनसको लागि असार २९ गते साधारण सभा गर्ने भएको छ । सभा बिहान १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा हुने भएको छ ।

हाल बैंकको तेस्रो त्रैमास अनुसार ५२ करोड ४९ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५ पैसा छ ।

र योपनि मेगा बैंकले असार २९ बोलायो साधारणसभा, के के प्रस्ताव उपर हुँदै छ छलफल

प्रकाशित मिति : २०७५ असार १६ गते
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार