बीमा प्राधिकरणको सञ्चालक सदस्यमा राधा पोखरेल नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यमा राधा पोखरेल नियुक्त भएकी छिन् । अर्थमन्त्रालयले राधा पोखरेलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

बीमा ऐन २०७९ मा बीमा प्राधिकरणको सदस्यमध्ये एक जना महिला अनिवार्य रुपमा नियुक्त गर्ने पर्ने प्रावधान छ ।  सोही व्यवस्था अनुसार पोखरेलाई सदस्यमा नियुक्त गरिएको हो ।

ऐनअनुसार प्राधिकरण सञ्चालकमा अध्यक्ष र चार जना सञ्चालक हुनुपर्ने व्यवस्था छ । अर्थमन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सञ्चालकको रुपमा प्रतिनिधित्व गर्ने व्यवस्था ऐनमा छ । यस्तै २ सदस्यमा जीवन बीमा र निर्जीवन बिमा क्षेत्रबाट १र१ जना गरी दुई जना सञ्चालक नियुक्त गर्नुपर्ने छ । ५ सदस्य रहने प्राधिकरणको बोर्डमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था ऐनले गरेको छ ।

पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष पनि हुन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार