CLI

नेपाल पुनर्बीमाका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का समूह ‘ख’ का सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत भएको छ।

उनी गत जेठ १७ गतेको नवौं वार्षिक साधारणसभाबाट निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका थिए। उनले चैत ६ गते व्यक्तिगत कारण देखाएर राजिनामा पेश गरेका थिए।

कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको जानकारी दिएको छ।

Leave Your Comment

Related News