CLI

अब विदेशी गुणस्तरको टाइल नेपाली बजारमा

काठमाडौं । पशुपती सेरामिक्स् प्रा.लीले आफ्नो उत्पादन एटिएस टाइल्स्को परिक्षण बिक्रि बितरणको सुरुवात गरेको छ।

नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापीत कम्पनीको उत्पादन केन्द्र सिमराको विशेष आर्थिक क्षेत्रभित्र रहेको छ।

कम्पनीले सम्पूर्ण पूर्ब तैयारीको कार्य सम्पन्न गरी आफ्ना उत्पादनहरुलाई सर्वसाधारणको लागि बजारमा ल्याएको दुई हप्ताको छोटो अवधीमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको छ।

कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४००x४०० मिमिको पार्किङ्ग टाइल र ६००x६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको हो।

भविष्यमा कम्पनीले क्रमश ३००x४५० को वाल टाइल र ६००x१२०० को जिभिटी र पिजिभिटी टाइल उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले यि सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६० हजार बर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधीमा आधारीत कारखनाको स्थापना गरेको छ।

करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार बर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको दाबी छ।

टाइल्स् फर यभ्री यज ट्यागलाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ।

सोच अनुसारको डिजाइनमा टाइल उत्पादन गर्नसक्ने क्षमतायुक्त यस कम्पनीले नेपाललाई छिट्टै भिविष्यमा टाइल निर्यात राष्ट्रको रुपमा विश्वब्यापी परिचय बनाउन मद्वत गर्ने कम्पनीले विश्वास लिएको छ ।

Leave Your Comment

Related News