काठमाडौं एनआईसी एशिया क्यापिटल तथा एन आइसि यसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट निशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले एक नेपाली, एक डिम्याट खाता अभियान मार्फत नेपालीहरुमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उदेश्यले डिम्याट खाता खोल्दा शुल्क नलाग्ने ब्यबस्था गरेको हो ।
क्यापिटलले यो अफर जेठ १ देखि आषाढ मसान्त सम्म निःशुल्क रुपमा खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था गरेको छ ।
क्यापिटलले पछिल्लो समय प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा “लाईनमा होईन अनलाइन” मा भन्ने नारा सहित आफ्नो अधिकांश सेवाहरु अनलाईन मार्फत लिन मिल्ने भएकोले आफ्नो वेभसाइट मार्फत निःशुल्क डिम्याट खाता खोल्न आग्रह गरेको छ ।