RE
Global College

ईसेवा मनि ट्रान्सफरले मनायो चौथो वार्षिकोत्सव

काठमाडौं ।  २०२० मा फिन टेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी– ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य ४ वर्षे यात्रा पुरा गरेको छ । यो  कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ ओटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स सम्बन्धि कारोबार गर्दै आइरहेको छ ।

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु,१३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट,साथै इसेवा वालेटबाट सहजै  उपभोक्ताहरुले ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको प्रयोग गरिरहेका छन् ।

संचालनमा  आएबाटै  डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै आएको यो रेमिट्यान्स कम्पनी  आर्थिक वर्ष २०७९ र ८० मा रेमिट्यान्स भित्राउन  महत्वपूर्ण योगदान गरेको भनि  नेपाल राष्ट्र बैंकले  सम्मान गरेको छ  ।

कम्पनीको चौथो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेश कोईरालाले ,  “कार्य संचालनको ४ वर्षमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा एखुशी र उत्साहित भएको बताए । उनले सफलताको श्रेय,सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण सुभचिन्तक दिएका थिए ”।

 

 

 

 

NECO

Leave Your Comment

Related News