RE
Global College

९० मेगावाटको मर्स्याङ्दी आयोजनामा वित्तीय व्यवस्थापन पूरा

काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ ।

गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दीमा एमए पावर प्रालिले निर्माण गर्ने उक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको जनाइएको हो ।

यसका लागि कुमारी बैंकको अगुवाइमा बुधबार लगानीसम्बन्धी सम्झौता भएको छ । यसमा कुमारी, प्रभु, सिद्धार्थ, कृषि विकास, सानिमा, गरिमा विकास, लुम्बिनी विकास र सांग्रिला डेभलपमेन्ट बैंक र कर्मचारी सञ्चय कोषले लगानी गर्नेछन् ।

यी बैंक र कोषले १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता गरिएको हो ।  स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ। साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताएका छन्। यही समूहबाट हाल सेती खोला हाइड्रोपावर लिमिटेड मार्फत सेती खोला जलविद्युत आयोजना २२ मेवा निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

आयोजनाको नेपाल बिद्युत् प्राधिकरण सँग २०८० साल कार्तिक ०१ गते बिद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति (आरसीओडी) २०८६ साल वैशाख २२ रहेको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताएका छन्। आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेसनमा २२०-१३२ केभी मा जोडिने छ।

NECO

Leave Your Comment

Related News