काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड कम्पनीले होण्डा गाडीका ग्राहकहरुलाई मध्यनजर गरि कोशी प्रदेशको विराटनगर, धरान इटहरी, दमक, बिर्तामोड लगायत सहरहरुलाई लक्षित गरि ३ दिनको कार्यक्रम विराटनगर स्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्रि सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राईभ सम्पन्न गरेको छ ।
जसमा कम्पनिले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडीएस स्क्यानमाका साथै २००१ मोडल देखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीहरुमा होण्डा सेफ्टी रि कल अन्र्तगत निःशुल्क एयर ब्याग पनि परिवर्तन गरेको छ । भविश्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

