काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत (जेठ १२) देखि २७ गतेसम्म नवीकरण गराउँदा लाग्न विलम्ब शुल्क अर्थात् ब्याजमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो ।
कम्पनीबाट जारी भएका बीमालेख नविकरणरपुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा १०० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।
कम्पनीले २ वर्षदेखिमा बीमालेखमा १०० प्रतिशत र २ वर्षदेखि ३ वर्षसम्मका बीमालेखमा ७५ प्रतिशत र ३ वर्ष भन्दामाथिका बीमालेखमा ५० प्रतिशत छुट दिने भएको हो । उक्त यस योजनामा समावेश भएका बीमालेखहरू २ वर्ष भन्दा कम परिपक्क भएमा कुनै पनि ब्याज छुट नगरिने कम्पनीले जनाएको छ ।
कम्पनीले सुविधा अवधिभरी एक पटक मात्र छुट लिन पाइने र यस्तो सुविधाबाट नवीकरण गरिएका बीमालेख २ वर्षभित्र सरेन्डर भएमा छुट रकम कट्टा गरिने जनाएको छ ।

