काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रबि लामिछानेलाई सहकारी ठगि केशमा सर्वोच्च अदालतले उच्चको फैसला कायम गर्दै थुनामा पठाएको बिषयलाई अन्यायपुर्ण भनेको छ । पार्टीका कार्यबाहक महामन्त्री महिश झा ले बिज्ञप्ति जारि गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन् “ राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ” । राश्वपाले मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, ‘बेल सुनुवाई’ मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुनगई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको बताएको छ ।
उसले सरकारले सहकारी समस्याको समाधान नखोजी फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको भन्दै यसलाई ‘राजनीतिक प्रतिशोध’ को रुपमा चित्रित गरेको बताएका छ ।
रास्वपाले रबि लामिछानेले नभइ सरकारले संगठित अपराध गरिरहेको बताएको छ ।
रास्वपाले गृहमन्त्री र उनको सचिवालय नै “भिजिट भिसा” मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएको र “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ” भन्ने दृष्टान्त अनुरुप “यथाशीघ्र गृहमन्त्रीबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको” छ । गृह मन्त्रीको राजिनामाको बिषय सदन मार्फत कार्यान्वयन गर्ने र यसको लागि लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई अख्तियारी प्रदान गरेको छ ।
बैठकले पार्टी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ र अनिल केशरी शाहको राजिनाम स्वीकृत गरेको छ
रास्वपाले स्थापना दिवसको कार्यक्रमहरु आयोजना गर्ने पार्टी स्थापना दिवसको अबसरमा कार्यक्रन गर्ने निर्णय गरेको छ ।


