व्यवसायिक सवारी साधनको सुरक्षा र दिगोपन ग्यारेन्टीको लागि टाटाको जेन्युइन पार्टस्

काठमाडौं ।नेपालमा व्यवसायिक सवारीसाधनको संख्यामा तीव्र वृद्धि भइरहेका बेला, गाडी सञ्चालनको विश्वसनीयता र दीर्घायु सुनिश्चित गर्न गाडीका सक्कली पाट्र्स प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।

नक्कली पाट्र्सले छोटो समयमै गाडी बिगार्ने, दुर्घटना निम्त्याउने र व्यवसायमा अवरोध पु¥याउने खतरालाई बढावा प्रदान गर्दछ, जसको निराकरणका लागि टाटाका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पाट्र्सको प्रयोग अनिवार्य बनेको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्रालि मार्फत सक्कली पाट्र्स देशभर उपलब्ध रहेका छन् ।

सक्कली र नक्कली पाट्र्स छुट्याउने सजिलो उपाय

  •  प्याकेटमा उल्लेख गरिएको Country Code: 2081290 वा 2081295 सुनिश्चित गरी
  •  सक्कली टाटा जेन्युइन पार्टस् मा टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ
  • 3D होलोग्राम मा देखिने टाटाको लोगोबाट
  • QR कोड स्क्यान गरेर सक्कलता पुष्टि गरेर
  •  नेपालमा आयात भएको बक्समा एमआरपी विवरण उल्लेख गरेको हुँदैन ।

सक्कली पार्टस् को फाइदा व्यवसायमै देखिन्छ

टाटा जेन्युइन पार्टस् ले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतमा दीर्घकालीन स्थायित्व प्रदान गर्छ । यसले गाडीको मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शन पनि गुणस्तरिय सुधार ल्याउन मद्दत गर्छ ।

सिप्रदी अटोपाट्र्सको देशव्यापी सञ्जालबाट खरिद गर्न सकिने

सिप्रदी अटोपाट्र्स प्रालिका नेपालभर रहेका रिटेलस तथा पाट्र्स आउटलेटहरूमा सक्कली पार्टस् उपलब्ध छन् । ग्राहकहरूले कुनै पनि स्थानबाट खरिद गर्दा कण्ट्री कोड र क्युआर कोड जाँच गरेर मात्र सक्कली टाटा जेन्युइन पार्टस् प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार