काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट अटोमोवाइल मैत्री आएको बताएको छ । नाडाले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी आवको बजेट अटोमोवाइल मैत्री आएको बताएको हो ।
नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो ।
‘खासगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौ देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौं,’ नाडाले विज्ञप्तिमा भनेको छ ।
आफ्नो आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा सरकारप्रति नाडाले हार्दिक आभार सहित धन्यवाद प्रकट गरेको छ ।

