काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।
जुलुस लिएर बालुवाटार जाने क्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापालाई पक्राउ गरिएको हो ।


