CLI

विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीद्वारा ऐतिहासिक के२के अभियानको थालनी

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवस २०२५ को अवसरमा टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्राको घोषणा गरेको छ। “के२के ड्राइभ ” नाम दिइएको यो अभियान  जेठ २३ गते (जुन ५, २०२५)  देखि सुरु हुँदैछ, जसले विद्युतीय गाडीमा लामो दुरीको यात्रालाई प्रोत्साहन गर्नेमा विश्‍वास राखिएको छ।

यस यात्रामा चर्चित अटो उत्साहीहरू अवशिष प्रसाद ओझा र विजय राम कासजू सहभागी हुँदैछन्, जसले करिब तीन हजार किलोमिटर दूरी तय गर्दै काठमाडौँदेखि भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको बाटो विद्युतीय रूपमा पार गर्नेछन्।  कर्भ ईभीमा भारतको कन्याकुमारीतर्फ लाग्नुअघि अवाशिष ओझाले बाटोका हिसाबले र दक्षिण भारत ठाउँका हिसाबले अनौठो नभए पनि विद्युतीय कारमा पहिलोपटक जान लागेकाले केही फरक अनुभव हुने बताए। “मेरो दक्षिण भारतको यात्रा नयाँ भने होइन। तर इलेक्ट्रिक कारले यात्रा गर्दा कस्तो अनुभव हुने हो, चार्जिङ सुविधाको उपलब्धताले यात्रालाई रोमाञ्चक र केही चुनौतीपूर्ण बनाउन सक्छ,” उनले भने, “हामी यसका लागि धेरै उत्साहित छौं। कर्भ ईभीले हाम्रो यात्रालाई अझ बढी रोमाञ्चक बनाउने छ।”

कर्भ ईभीको १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले यात्रामा कुनै ठूलो समस्या आउने देखिँदैन।

नेपालमा हालै लन्च भएको टाटा कर्भ ईभी एक अत्याधुनिक इलेक्ट्रिक एसयूभी-कुपे हो। यसमा लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, भी२एल टेक्नोलोजी लगायत उच्चस्तरीय सुरक्षा र सुविधा छन्।

विश्व वातावारण दिवसको अवसरमा बिहीबार, सिप्रदीले कर्भ ईभीमा कन्याकुमारी जान लागेका ओझा र कसजुलाई थापाथलिमा रहेको टाटा कार शोरुमबाट ‘फ्ल्याग अफ’ गरी बिदाइ गरेको हो।

Leave Your Comment

Related News