सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला

भक्तपुर । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देश अप्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे।

उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे। नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै सत्ताको चाबी कांग्रेसले खोल्नुपर्ने बताए। कांग्रेसको भविष्यको प्रतिस्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिक समक्ष लैजानुपर्ने बताए।

कांग्रेसको भविष्यको प्रतिष्पर्धी एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने पनि कोइरालाले बताए।

‘उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्नसकौं। त्यसो भन्न नसक्ने कार्यकर्ता नेपाली काँग्रेसका कार्यकर्ता होइनन्,’ उनले भने।

कोइरालाले सरकार र सत्ता फरक कुराहरू रहेको समेत बताए। उनले भने, ‘हामी सरकारमा छौँ। नेपाली कांग्रेस सरकारमा छ। तर सत्ताको चाबी हामीसित छैन। यसको अर्थ तपाईंहरु आफैँ लगाउनुस्। सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्‍यो नि त। साथीहरूले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौँ। भोलिको प्रतिस्पर्धी एमाले हो। उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ। नेपाली कांग्रेसका कार्यकर्ताहरूले गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता नेपाली कांग्रेसका कार्यकर्ता होइनन्।’

सांसद कोइरालाले कतार, दुबईहरू बनाउने नेपालीहरूले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताउँदै नेपाललाई नेपाल बनाउनुपर्ने कुरामा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार