आयल निगमको कर्मचारीको बदमासी :सिसी क्यामरा बन्द गरी डिजेल चोरी

काठमाडौं । नेपाल आयल निगमका कर्मचारीले कम भुक्तानीमा बढी पेट्रोलियम पदार्थ बिक्री वितरण गरि निगमलाई नोक्सानी हुने काम गरेका छन् । यसरी काम गर्दा निगमका कर्मचारीहरुले निगमलाई नै आर्थिक समस्या हुने काम गरेका हुन् ।उनीहरुले सिसी क्यामरा बन्द गरी डिजेल चोरी गरेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार निगमको प्रादेशिक कार्यालय गगनगौडाका डिपोे प्रमुख अर्थात् कास्कीका प्रादेशिक प्रमुख चितरँजन दास, कम्पनी सञ्चालनक बाबुराम जमरकट्टेल, एसोसियनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाट र निर्मल थापाले कम भुक्तानीमा बढी पेट्रोलियम पदार्थ वितरण गरी भ्रष्टचार गरेका हुन् ।

उनीहरुले बिलमा भए भन्दा ३ हजार ३८ लिटर डिजल निगम बाहिर पठाएकोमा पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाको नाममा नियन्त्रणमा लिइएको थियो । उक्त परिमाणको डिजेलको मूल्य प्रतिलिटर १४७ रुपैयाँ ६३८५२ पैसाको दरले ४ लाख ४८ हजार ५२५ रुपैयाँ ८२ पैसा रहेको छ भने उक्त रकम बराबर निगमलाई हानी नोक्सानी पुराउनको आरोपमा प्रमुख दासका साथै पाँचै जनालाई भ्रष्टचार गरेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
प्रत्येक प्रतिवादीहरुलाई ४ लाख ४८ हजार ५२५ रुपैयाँ ८२ पैसा बिगो कायम गर्दै भ्रष्टचार निवारण ऐन, २०५९ अनुरुप सजायको व्यवस्थ माग गर्दै अदालतसमक्ष आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार