ललितपुर महानगरले हटाउन थाल्यो अनधिकृत संरचना (तस्वीरहरू)

काठमाडौं । ललितपुर महानगरपालिकाले सोमबारबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ ।

विशेष गरी मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

आजदेखि यस्ता संरचना हटाउन थालिएको अब निरन्तर यी काम हुन उनले बताए । आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाउन थालिएको र भोलिदेखि मंगलबजार, पुल्चोकलगायतका क्षेत्रमा काम थालिने हाछेथु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार