काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी पर्ने

काठमाडौं । काठमाडौंमा आज पनि वर्षा हुनेछ । काठमाडौंमा आज दिउँसो, साँझ र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानी परेसँगै अत्यधिक गर्मीबाट आहत भएकालाई थोरै भए पनि राहत मिलेको छ । मंगलबार साँझदेखि रातिसम्म काठमाडौंसहित देशका केही ठाउँमा पानी परेको थियो ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको

आज दिउँसो देशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

तर, पूर्वी तराईमा भने अझै वर्षा नहुँदा गर्मी अत्यधिक रहेको छ । कोशी प्रदेशका धेरैजसो ठाउँमा फैलिसकेको मनसुन शिथिल भएर अघि नबढ्दा देशभर गर्मी बढेको हो ।

बङ्गालको खाडीमा नयाँ न्यून चापीय क्षेत्र बन्ने क्रममा रहेकोले बिहीबारदेखि मनसुन सक्रिय हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार त्यसपछि शुक्रवारदेखि पानी पर्न थाल्ने छ ।

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार