सुनचाँदी व्यवसायीहरु आन्दोलनमा, दुई दिन पसल बन्द

काठमाडौं । सुनचाँदी व्यवसायीहरु तीन बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् । विभिन्न जिल्लामा व्यवसायीहरुले आज र भोलि पसल बन्द गर्ने घोषणा गरेका छन् भने बिहानैदेखि पसल बन्द गरेर प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका छन् ।

सरकारले सुनमा २ प्रतिशत बिलासिताको कर, हिरापत्थरमा १३ प्रतिशत भ्याट र सुनमा ६ प्रतिशत भन्सार लगाएकोमा त्यो खारेज गर्न माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोधका विभिन्न कार्यक्रमहरु तय गरेका छन् ।

नयाँ करनीति खारेज नगरे व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी व्यवसायीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार