कोष व्यवस्थापक आध्यान्त फण्ड म्यानेजमेन्टको १६ कम्पनीमा २ अर्ब ९० करोड लगानी

काठमाडौं । कोष व्यवस्थापक आध्यान्त फण्ड म्यानेजमेन्टले नेपाल अपरच्युुनिटी फण्ड–१ अन्तर्गत देशका विभिन्न १६ कम्पनीमा २ अर्ब ८९ करोड ८४ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ। यो लगानी नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लागू गरेको विशिष्टीकृत लगानी कोष (एसआईएफ) नियमावली २०७५ बमोजिम गरिएको हो।

सेबोनबाट २०८० असार २० गते स्वीकृति प्राप्त गरी सुरु गरिएको नेपाल अपरच्युुनिटी फण्ड–१ को समग्र कोष आकार ३ अर्ब रुपैयाँ रहेको छ। उक्त कोषको अवधि १० वर्षको निर्धारण गरिएको छ।

आध्यान्त फण्ड म्यानेजमेन्टले सबैभन्दा ठूलो लगानी इनर्जी (ऊर्जा) क्षेत्रमा गरेको छ। फर्मले ७ वटा इनर्जी कम्पनीमा १ अर्ब २० करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ, जुन कुल लगानीको ४१.५६ प्रतिशत हो।

दोस्रो ठूलो लगानी हस्पिटालिटी क्षेत्रमा गरिएको छ, जसअन्तर्गत २ वटा हस्पिटालिटी कम्पनीमा ५७ करोड ५० लाख रुपैयाँ लगानी गरिएको छ। हस्पिटालिटी क्षेत्रमा १९.८४ प्रतिशत लगानी परेको छ।

यस्तै आध्यान्तले १ म्यानुफ्याक्चरिङ कम्पनीमा ४० करोड रुपैयाँ, ३ एग्र्रिकल्चर एण्ड एग्रो–प्रोसेसिङ कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ र ३ आईटी कम्पनीमा ५३ करोड ३७ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार