विलासिता कर र भ्याट खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीको प्रर्दशन

काठमाडौं । करलाई लिएर सुनचाँदी व्यवसायीले बिहीबार उपत्यकाको विभिन्न स्थानमा प्रर्दशन गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी र बहुमूल्य गरगहनामा ‘विलासिता कर’ र ‘मूल्य अभिवृद्धि कर (भ्याट)’ लगाउने घोषणा गरेपछि ललितपुरका सुनचाँदी व्यवसायीहरू प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले सुनचाँदी र हिरामा लगाइने सम्पूर्ण कर खारेजी गर, भन्सार दर व्यवस्थित गर लगायतका नारा लगाएका थिए । उनीहरुले ललितपुर मंगलबजार देखि प्रर्दशन गर्दै पुल्चोक, जावलाखेल लगायतका स्थान परिक्रममा गरेका थिए ।

प्रर्दशनको क्रममा दर्जनबढी ललितपुर सुनचाँदी व्यवसायीहरु सहभागी रहेका थिए । ललितपुर मात्र नभई काठमाडौंका व्यवसायीहरुले पनि सरकारको उक्त कदम विरुद्ध काठमाडौंको व्यवसायीहरुले समेत प्रर्दशन गरेका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा होमिने चेतावनी   दिएका थिए  । बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको छ।

‘बहुकर प्रणाली’ र चर्को आर्थिक भारको आरोप

व्यवसायीहरूले सुनचाँदी आम सर्वसाधारण उपभोक्तादेखि सबै वर्गका मानिसले उपयोग गर्ने भएकाले यसमा विलासिता शुल्क र भ्याटको नाममा चर्को भार थोपर्न नहुने भन्दै खारेजीको माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “सरकारले बजेटमार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाएको छ। यस्तो कर पटकैपिच्छेको बिक्रीमा लागु हुने बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) हो।” बाहिरबाट २ प्रतिशत मात्रै देखिए पनि व्यवहारिक रूपमा ग्राहकहरूले कम्तीमा ६ प्रतिशतभन्दा बढी थप मूल्य तिर्नुपर्ने बाध्यकारी कर प्रणाली भएको व्यवसायीहरूको भनाइ छ ।

सरकारले सुनमा घुमाउरो पारामा ६ प्रतिशतको विलासिता कर थोपरेको र सुनका गहनामा प्रयोग हुने धातु तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट जोड्दा कुल १९ प्रतिशतसम्मको मूल्य वृद्धिले व्यवसायी र उपभोक्तालाई मारमा पार्न खोजेको आरोप उनीहरूको छ।

सरकारको यो व्यवस्थाले सुनचाँदी बजारलाई अझ महामन्दीतर्फ धकेल्ने तर्क व्यवसायीहरूको छ। त्यसकारण, उनीहरूले जसरी भए पनि यस्तो कर तथा भ्याट खारेज हुनुपर्ने माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार