अमेरिका र इरानबीच तनाव बढ्ने संकेतपछि कच्चा तेलको मूल्य बढ्यो

काठमाडाैं | अमेरिका र इरानबीच तनाव बढ्ने संकेत देखिएपछि कच्चा तेलको मूल्य उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौताको सम्बन्धमा इरानसँग भइरहेको वार्ता सफल हुने आशा कम रहेको बयान दिएपछि कच्चा तेलको मूल्य बढेको हो ।

बुधबार अमेरिकाले मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारहरूलाई फर्कन अनुमति दिएको छ।

न्यूयोर्कमा तेलको मूल्य प्रतिब्यारेल पाँच प्रतिशतले बढेर ७० डलर पुगेको छ। अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएटले पनि वृद्धि देखाएको छ र अप्रिल पछिको उच्चतम स्तरमा पुगेको बीबीसीले जनाएको छ ।

ट्रम्पले गैर-आवश्यक कर्मचारी फिर्ताको पुष्टि गर्दै भनेका छन्, ‘अमेरिकी कर्मचारीहरू मध्यपूर्व छोड्दैछन्। यो खतरनाक ठाउँ हुन सक्छ। हामी हेर्नेछौं के हुन्छ। इरानसँग आणविक हतियार हुन सक्दैन। हामी यो हुन दिने छैनौं।’

अमेरिकाले चेतावनी दिएको छ कि यदि कूटनीति असफल भयो भने यसले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सैन्य विकल्पहरू विचार गर्नेछ।

इजरायलले इरानविरुद्ध कारबाही गर्ने धम्की पनि दिएको छ। इरान दशकौंमा सबैभन्दा कमजोर अवस्थामा छ।

तर, इरानका रक्षामन्त्रीले उनको देशले कुनै पनि आक्रमणको जवाफमा बिना हिचकिचाहट दिने छ ।
इरानलाई नयाँ आणविक सम्झौतामा पुग्न तोकिएको समय बिहीबार सकिँदैछ। ट्रम्पले इरानलाई यो सम्झौतामा पुग्न ६० दिनको समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार