CLI

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुला

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आज (जेठ ३० गते) देखि पहिलो चरणको साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ बिक्री खुला गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको चुक्ता पुँजीको ३० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो।

जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ११ लाख १९ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ, जसको कुल मूल्य ११ करोड १९ लाख रुपैयाँ बराबर हुनेछ।

निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयहरूका लागि छुट्याइएको छ। बाँकी ९ लाख ३२ हजार ५०० कित्ता साधारण सेयरमध्ये ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको कम्पनीले जनाएको छ।

Leave Your Comment

Related News