RE
Global College

हिमालयन बैंकको २ करोड ८० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थाक शेयर बिक्रीमा ल्याएको छ ।

संस्थापक शेयरधनी हविव बैंक लिमिटेडको नाममा रहेको उक्त शेयर बिक्रीका लागि खुला गरिएको हो ।

प्रति कित्ता शेयरको न्यूनतम मूल्य ११२.८० रुपैयाँ तोकिएको छ । पहिलो प्राथमिकतामा संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानुन विभागमा खरिद गर्न चाहेको शेयर कित्तासहित आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र आवेदन प्राप्त नपरेमा बैंकले सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाउने छ।

 

NECO

Leave Your Comment

Related News