CLI

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय/सुझाव मागेको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमाको लागि राय/सुझाव भए राष्ट्र बैंककझ आर्थिक अनुसन्धान विभाग तथा इमेल: [email protected] मा असार १० भित्र उपलब्ध गराउन अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार