रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले सोमबार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका छन् ।

बैठक सुरुभए लगत्तै आकस्मिक समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्न दिएका थिए ।

अध्यक्ष लिङ्देनले प्रतिपक्ष दलहरुको विरोधकै बीच संसद् अघि बढ्दा आफ्नो दलले बहिष्कार गर्ने बताए ।
लिङ्देनले जबर्जस्ती बैठक सन्चालन नगर्न सभामुखलाई आग्रह गरे । यदि बैठक सन्चालन गर्ने बहिस्कार गर्ने र बहिस्कार गरेको दिन बैठक भत्ता नलिने जानकारी पनि उनले गराए ।

‘संसदमा रहेका राजनीतिक दलहरुबीच गणितमा फरक होला तर कुनै पनि विचारलाई निषेध गर्ने व्यवस्था संविधानमा छैन, सभामुख एक सिट भएका राजनीतिक दलको पनि अविभावक हो। अहिले दुई दलले विरोध जारी राख्दा बैठक सञ्चालन गरिनु संसदीय मर्यादा अनुकल हुँदैन’, लिङ्देनले भने, ‘जबसम्म जबरजस्ती बैठक सञ्चालन हुन्छ, राप्रपाले बहिष्कार गर्छ। बहिष्कार गरेको बैठकको भत्ता सरकारको राजस्वमा जम्मा गर्ने व्यवस्था गर्न आग्रह छ।’

लिङ्देनपछि सभामुख घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियालाई बोल्न समय दिएका छन् ।

आकस्मिक समयमा रास्वपा सांसद सन्तोष परियारले भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठनको माग दोहोर्‍याए।

बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ। बजेटमाथिको छलफल जारी छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार