इजरायल र इरानद्धन्द्धका बीच कस्तो छ नेपालीको अवस्था ?


इजरायलको कृषि क्षेत्रमा काम गर्न गएको नेपाली युवाहरुका साथै अन्य मुलुकका नागरिक । तस्बिर:इक्विटी नेपाल

काठमाडौं । इजरायल र इरानबीच निरन्तर युद्ध चलेको छ । इजरायल र इरानबीच द्धन्द्धको पाँचौ दिन पनि आक्रमण र प्रतिआक्रमण भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । स्थानीय समय अनुसार मंगलबार बिहान इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएको सीएनएनले जनाएको छ ।

द्धन्द्धका कारण दुवै मुलुकले हवाई उडानहरु बन्द गरेका छन् । शुक्रबार इजरायलको आक्रमणपछि इरानको हवाई क्षेत्र बन्द गरिएको छ र दुई देशले आक्रमण जारी राखेकाले उडानहरूले वैकल्पिक मार्गहरू अपनाएका छन् । आक्रमणको क्रममा इजरायल र इरानबीच दोहोरो मिसाइल र ड्रोन हानाहान भएको छ ।

इरानले आफूमाथि आक्रमण गर्न सक्ने भन्दै इजरायलले बिहीबारदेखि राष्ट्रिय आपतकाल घोषणा गरेको थियो । इजरायल सरकारले आपतकालीन कामबाहेक कसैलाई पनि बाहिर ननिस्किन एड्भाइजरी जारी गरेको छ । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै इजरायलले सम्पूर्ण हवाईअड्डाहरू बन्द गरेको छ भने सीमा समेत बन्द गरेको छ । यही कारण इजरायलमा रहेका विदेशी नागरिकहरू आफ्नो देश फर्किन सकिरहेका छैनन् , यसको मारमा इजरायल तथा इरानामा रहेका नेपालीहरु पनि परेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५५ सय र इरानामा एक दर्जन जति नेपाली रहेका छन् , उनीहरु हालसम्म सबैजना सुरक्षित रहेका छन् । द्धन्द्धका कारण नेपाली नागरिकहरुलाई समस्या नआहोस् भनेर सुरक्षित रहन आग्रह गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । इजरयालमा रहेको नेपाली दूतवास र दोहोस्थित रहेको नेपाली दूतवासमार्फत् इरानमा रहेका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

इरायलको तेल अभिभस्थित नेपाली राजदूतावासले आइतबार सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थान आसपासमा रहन आग्रह गरेको छ ।

‘आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्किन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ,’ दूतावासले भनेको छ । त्यहाँ शैक्षिक संघसंस्थासहित अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने र सभारभेला नगर्न समेत निर्देशन जारी गरिएको छ । दूतावासले स्थानीय सुरक्षा ‘प्रोटोकल’को पालना गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षाको विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकोे छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले यस्तो निर्देशन दिएकी हुन् ।

मन्त्री डा. राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमितरूपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिएकी हुन् ।

इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ९७२५३५३६०७४८ र तृतीय सचिव सञ्जयकुमार शाहलाई ९७२५४५५८२०७७ मोबाइल नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

‘इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सह–प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमितरूपमा प्रवाह गरी नेपालीहरूलाई निरन्तर सुसूचित गर्न निर्देशन दिनुभएको छ,’ परराष्ट्र मन्त्रालयले आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

इजरायलमा रहेका नेपालीहरु भने हालसम्म आफूहरु सुरक्षित रहेको बताएका छन् । विशेष गरी इजरायलको कृषि क्षेत्रमा काम गर्न गएका नेपाली युवाहरु आफूहरु कृषि क्षेत्रमा अन्य दिन जसरी निरन्तर काम गरिरहेको बताए । इजरायलस्थित सहरमा रहेको कृषि फार्म काम गरिरहेको अमृत केसीले बताए । अन्य दिन जसरी हाल पनि काम गरिरहेका छौं सुरक्षा आवाजहरु बजेको सुनिन्छ तर यो क्षेत्रमा भने डरलाग्दो अवस्था छैन । हामी द्धन्द्ध क्षेत्र भन्दा टाढा रहेको कारण चिन्ताजनक अवस्था नरहेको इजरायलस्थित सहरक्षेत्रमा रहेका नेपालीहरु बताउँछन् ।

इरानले तेलअभिभ र हर्जलिया लगायतका क्षेत्रमा आक्रमण बाग्लो बनाएको छ भने इजरायले ताबरिज, तेहरान, आर्क, नातान्ज र र्किरमानसाह लगायतका क्षेत्रमा आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चारमध्यमहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार