काठमाडौं । महानगर यातायात प्रा.लिले सञ्चालन गरेको सार्वजनिक बस सेवाको नक्कल गरिएको बताएको छ । कम्पनीले आफनो जस्तै बसको नाम र रंगहरु नक्कल गरी बस सेवा सञ्चालन गरी यात्रुहरुलाई दुख दिएको आरोप लगाएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै कम्पनीको नाम, रंग र डिजाइन नक्कल गरी महानगर प्रा.लिको सेवा भन्दै यात्रुहरुलाई झुक्काउँदै आएको कम्पनीले बताएको छ । साथै उक्त समस्याको समाधान गरिदिन सरोकारावाला निकायलाई आग्रह समेत गरेको छ ।
सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले यातायात व्यवसायीहरुको पहलमा २०७२ साल फागुनमा महानगर यातायात प्रालिको सेवा सुरु गरिएको हो । हामीले तत्कालीन समयमा संचालनमा रहेका अन्य सार्वजनिक यातायात भन्दा आधुनिक, यात्रुमैत्री र ठूला वसहरुमार्फत सेवा सुरु गरेका थियौ। अरु भन्दा फरक देखियोस् र यात्रुहरुले सजिलै चिन्न सकुन भनेर हामीले आफ्नै रंग र डिजाइनमा सेवा सुरु गरेका हौं। हाल काठमाडौंका विभिन्न रुटहरुमा हाम्रा ८९ बसले यात्रुहरुलाई सेवा दिइरहेका छन् र यो संख्या वढाउँदै लैजाने तयारी भैरहेको छ । तर बिडम्बना, महानागर यातायात प्रालि कै नाम, रंग र डिजाइन समेत नक्कल गरि सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि सोही रुटमा चलिरहँदा हामी संचालक मात्रै होइन यात्रुहरुले समेत विविध समस्या झेलिरहेका छन् । यसबारे पटक पटक सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै कारबाही नभएको कम्पनीका अधिकारीहरुले बताएका छन् ।
उनीहरुका अनुसार नियम अनुसार सम्वन्धित निकायमा दर्ता गराइ आवश्यक प्रक्रिया पुर्याएर गरिएको व्यबसायमा सोही काम र नामको अर्को कम्पनी संचालन गर्ने अनुमति सम्बन्धित निकायले दिदैन । तर विद्यमान नियम कानूनको धज्जी उडाउँदै महानगर यातायात संचालनको सुरुवाती दिनबाटै निर्वाद रुपमा नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन भैरहेको छ ।
कम्पनीले नक्कली महानगर यातायातले यात्रुहरुलाई दुख दिदाँ आफनो कम्पनी समेत बदनाम हुन पुगेको बताएको छ ।‘ महानगर यातायातप्रति यात्रुहरुको अपार माया र विश्वास छ, त्यसैले यात्रुहरु कुरेरै भए पनि राता बसहरु चढ्ने गर्छन् । तर उही रंग र नामको वसले उनीहरुलाई झुक्याउने गरेको छ । विडम्बना यति सम्म छ कि, यात्रुहरुले बसमा आफ्नो महत्वपूर्ण कागजात भएको झोला छुटाउँछन्, छुटेको झोला लिन महानगर यातयातको सम्पर्कमा आउँदा उनीहरुले यात्रा गरेको वस नक्कली महानगर भएको थाहा हुन्छ र सामान फेला पर्न पनि सक्दैन,’ अधिकारीहरुले भने,‘
नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खवर गर्छन्, र महानगर यातायातको कार्यालयसम्म पनि आइपुग्छन् । कतिपय अवस्थामा अनुसन्धानपछि यथार्थ पत्ता लाग्छ तर धेरै जसो केसमा त्यसरी दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्जट व्यहोर्नु परिरहेको छ र कयौं पटक त केही वसहरुको नियमित सेवा समेत रोकिने गरेको छ । त्यसबापत यात्रुहरुले पाएको दुख र कम्पनीलाई भएको आर्थिक घाटाको त कुनै लेखाजोखा नै छैन ।’
महानगर परिसरभित्रै आपराधिक गतिविधि भएका घटनाहरु पनि पटक पटक सार्वजनिक भएका छन । नक्कली महानगर यातायाको बसभित्र चोरी पाकेटमारी र बलात्कारका घटना समेत भएका छन् । त्यस्ता घटना हँुदा महानागर यातायातकै नाम आउने र प्रतिष्ठामा पस्ने गरेको क्षति अपरणीय छ ।
कम्पनीले बस सेवा सुरु भएसंगै समाधानको लागि हामीले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै एका छौ। प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन नै गरी कार्वाहीको लागि अनुरोध पनि धेरै पटक गरिसक्यौं। तर समस्या समाधानको लागि कुनै पहल हुन सकेन । यातायात विभागले चार बर्ष अघि केही त्यस्ता नक्कली गाडिहरु समातेर सचेत ए पनि त्यो औपचारिकतामा सिमित बनिरहेकोआरोप लगाएको छ ।
कम्पनीले निकै दुख गरी नौ बर्ष अघि एकै पटक ३९ वटा ठूला सिटी बसहरु संचालनमा ल्याएको बताउँदै एकातिर यातायात व्यवसायीहरु समस्यामा थिए अर्कोतिर व्यवसायीलाई हेर्ने आम धारणा सकारात्मक थिएन । सेवा संचालनको सुरुवाती दिनहरुमै चौतर्फी आक्रमण र असहयोगको बाबजुद महानगर यातायात यात्रुहरुको सेवामा समर्पित मात्रै भइरहेन, यातायात क्षेत्रका कतिपय विक्ति नप्रतिका नकारात्मक सोचहरु चिर्न समेत सफल भयो। महानगर यातायात आज नीजि क्षेत्रबाट लित सफल यातयात मात्रै बनेको छैन, हाम्रै काम र सेवा हेरेर अन्य यातयात पनि व्यवस्थित बिहेको देख्दा हामी सार्वजनिक यातायातको क्षेत्रमा कोसेढुंगा बन्यौं भन्ने लाग्छ । यति हुँदा हुँदै सहज रुपमा सेवा संचालन गर्न नपाउनु दुभाग्यपूर्ण बनिरहेको छ ।
काठमाडौंमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको र निकट भविष्यमै लिमिटेड कम्पनीको रुपमा आम जनतामाझ आफ्नो शेयर जारी गर्ने तयारी गरिरहेको महानगर यातायात प्रालिले झेलिरहेको यो समस्या हाम्रो आफ्नो समस्या मात्रै नभएर यात्रुहरुको सेवा र सुरक्षासंग पनि जोडिएको विषय भएको बताइएको छ । महानगर यातायात प्रालिले हाल सम्म त्यसता नक्कली महानगर यातायात तथा मिल्दो जुल्दो नाम गर डिजाईन राखी सवारी साधन संचालन गर्ने व्यवसायीहरु प्रति नरम रुपमा प्रस्तुत हुँदै भए पनि अब उप्रान्त पनि यस कम्पनिको नाम र रंगको डिजाइन आफ्ना सवारी साधनबाट मा क्षतीपूर्तीको माग सहितको जस्तो सुकै कानूनी कार्वाही गर्न पछि नपर्ने समेत यसै मार्फत जानकारी गराईन्छ ।

