इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै प्रदर्शन

काठमाडौं । इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शन गरिएको छ । मानवअधिकारवादी संस्थाले यस्तो प्रदर्शन गरेका हुन् ।

इजरायली दूतावास अगाडि गरिएको विरोध प्रदर्शनमा युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको बताएका थिए ।

गत जुन १३ मा इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेपछि इरानले प्रत्याक्रमण सुरु गरेको छ । झण्डै एक सातादेखि जारी युद्ध आक्रामक बन्दै गएको छ ।

इजरायल–इरान युद्धमा हालसम्म २४८ इरानीको मृत्यु भइसकेको र एक हजार २७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । त्यस क्रममा करिब एक दर्जन इरानी उच्च सैनिक कमान्डर समेत मारिएका छन् । इजरायलतर्फ भने २४ जनाको मृत्यु र छ सय भन्दा बढी घाइते भएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार